ताजा सूचना
रजिष्ट्रार

रमेश घर्ति
प्रवक्ता / सूचना अधिकारी

चोलाकान्त वाग्ले


रमेश घर्ती
रजिष्ट्रार
चोला कान्त वाग्ले
अधिकृत सातौं
परिचय
सहकारी मूल्य, मान्यता र सिद्धान्त अनुरुप सर्वसाधारण वा समुदायमा छरिएर रहेका पूँजी, प्रविधि, ज्ञान, सीप, श्रम तथा प्रतिभालाई स्वावलम्बन तथा पारस्परिकताका आधारमा एकीकृत गर्दै सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नयन एवम् समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्न समुदायमा आधारित, सदस्य केन्द्रित, लोकतान्त्रिक, स्वायत्त र स्वशासित संगठनका रुपमा सहकारी संघ, संस्थाको सञ्चालन हुनुपर्दछ ।
सहकारी संघ, संस्थाहरुको दर्ता, नियमन तथा प्रवर्धन सम्बन्धी कार्यलाई व्यवस्थित बनाउन वि.सं. २०१० सालमा सर्वप्रथम सहकारी विभागको गठन गरिएको थियो । समयक्रममा मुलुकमा भएको विभिन्न राजनीतिक, प्रशासनिक परिवर्तनहरु संगै सहकारी व्यवस्थापनको लागि विभिन्न संगठनात्मक व्यवस्था हुँदै आएको छ । यसैगरी कानुनी प्रावधानहरुतर्फ पनि सहकारी ऐन २०१६, सहकारी ऐन २०४८ हुँदै हाल संघमा सहकारी ऐन २०७४ जारी भई कार्यान्वयनमा रहेको छ । वि.सं. २०७२ सालमा जारी भएको नेपालको संविधानले मुलुकको पुनँसंरचना गर्दै संघीय शासन प्रणालीलाई आत्मसात गरेपश्चात संघ, प्रदेश र स्थानीय तह तीनै तहको सरकारको अधिकार सूचिमा सहकारी नियमनको कार्य परेको अवश्था छ । यसै व्यवस्था अनुरुप गण्डकी प्रदेश सरकारले सहकारी रजिष्ट्रारको कार्यालयबाट सहकारी दर्ता, नियमन तथा प्रवर्धनको कार्य हुने व्यवस्था गरेको छ । यस कार्यलाई व्यवस्थित गर्न सहकारीताको अन्तर्राष्ट्रिय मूल्य, मान्यता र सिद्धान्तहरुलाई आत्मसात गर्दै र संघीय सहकारी ऐनको मुल मर्मलाई पछ्याउँदै गण्डकी प्रदेशको सहकारी ऐन २०७५, सहकारी नियमावली २०७६ र विभिन्न कार्यविधि, मापदण्ड र निर्देशिकाहरु जारी भई कार्यान्वयनमा रहेको छ ।
सम्बन्धित लिङ्कहरु
- मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,गण्डकी प्रदेश
- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
- सहकारी विभाग
- सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र
- सहकारी विकास बोर्ड
सूचना
समचार तथा गतिविधिहरु
Publications
Information
Check Mail
Clearance
Staff
COPOMIS
भिडियो ग्यालरी
https://www.youtube.com/watch?v=FbL_dqKYO74https://www.youtube.com/watch?v=FbL_dqKYO74https://www.youtube.com/watch?v=XHOmBV4js_E
फोटो ग्यालरी

















